६ जेष्ठ २०८१, आइतबार

रुपन्देहीमा उपचाररत कोरोना संक्रमित व्यक्तिको मृत्यु नभएको अस्पतालद्धारा जानकारी

प्रकाशित मिति :  20 May, 2020 3:15 pm


काठमाण्डौं, ७ जेठ ।

रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमित व्यक्तिको मृत्यु नभएको जनाएको छ।

बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको छ। विहान संक्रमित व्यक्तिको मृत्यु भएको भन्दै समाचार सार्वजनिक भएको थियो ।

विहान स्रोतका अनुसार भन्दै समाचार सार्वजनिक भएपछि लुम्बिनी सञ्चारले स्थानीय मिडियालाई उदृढ गरेर समाचार प्रकाशित गरेको थियो । तर, अस्पतालको औपचारिक विज्ञप्तिमा उपचाररत व्यक्तिको मृत्यु नभएको उपचार भइरहेको विज्ञप्ति प्रकाशित गरेपछि यसलाई सच्चाएका छौं र पाठक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं । र उक्त समाचार हटाएका छौं ।



प्रतिक्रिया दिनुहोस !