३१ भाद्र २०८१, सोमबार

देशभित्रको स्वास्थ्य सेवालाई राम्रो बनाऔँ: प्रेम सुवाल

प्रकाशित मिति :  28 August, 2024 7:02 pm


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देशभित्रको स्वास्थ्य सेवालाई राम्रो बनाउन आग्रह गरेका छन् । आइतबार भक्तपुर क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

सांसद सुवालले नेपालको अस्पतालमा उपचार गर्दा घरखेत नै बेच्नुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य सेवालाई सुलभ बनाउन पनि आग्रह गरे । उनले नेपालमा भएका अस्पतालको सेवा राम्रो नबनाउने र प्रधानमन्त्री, मन्त्रीहरू उपचार गराउन विदेश जाने कुराको अन्त्य गर्नुपर्ने बताए । उनले जनताले उपचार गर्ने ठाउँमा नै नेताहरूले उपचार गर्नुपर्ने व्यवस्था गर्न माग गरे ।

“मन्त्री, प्रधानमन्त्री र सरकारको मुख्य ठाउँमा रहेका व्यक्ति उपचार गर्न विदेश जाने, जनताले उपचार गर्ने ठाउँमा हामी पनि उपचार गरौँ, यहीँ देशभित्रको उपचारलाई राम्रो बनाऊँ । यो विषय हामीले संसदमा पनि उठाएका छौँ । कोही पनि प्रधानमन्त्री, मन्त्री र सरकारका मुख्यमुख्य मान्छेहरू विदेश उपचार गर्न जान नपर्ने गरी हाम्रै देशमा उपचारको बन्दोबस्त गरौँ । अस्पताल उपचारको लागि बनाऔँ,”उनले भने ।



प्रतिक्रिया दिनुहोस !