८ बैशाख २०८१, शनिबार

सीमाको ‘कृत्रिम विस्तार’ नेपालले होईन भारतले गरेको होः राप्रपा अध्यक्ष थापा

प्रकाशित मिति :  21 May, 2020 8:26 am


काठमाडौं, ८ जेठ ।

राप्रपाका अध्यक्ष कमल थापाले सीमाको ‘कृत्रिम विस्तार’ नेपालले नभई भारत गरे गरेको बताएका छन् ।

नेपालले नक्सा जारी गरेपछि त्यसलाई भारतीय विदेश मन्त्रालयले ‘कृत्रिम विस्तार’ भन्दै टिप्पणी गरेको थियो । समाजिक सञ्जाल ट्वीटरमा थापाले भनेका छन्,‘सन्धि विपरित नेपाली भूमि अक्रिमण गरी भारतले ६ दशकदेखि सीमाको कृत्रिम विस्तार गर्दै आएको हो ।’

अध्यक्ष थापाले वार्ताबाट समाधान खोज्ने सहमति विपरित यसबीच अतिक्रमित क्षेत्रमा सैनिक ब्यारेक खडा गर्ने, बाटो बनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको अध्यक्ष थापाको भनाई छ ।

अध्यक्ष थापाले भनेका छन्,‘ नेपाल वार्ताबाट समाधान खोज्न तयार छ तर दबावबाट झुक्दैन ।’ नेपालले नक्सा जारी गरेपछि भारतले वार्ताबाट समाधान खोज्ने सहमति विपरित भन्दै असन्तुष्टि जनाएको थियो ।

सरकारले लिम्पियाधुरा,कालापानी, लिपुलेक समेटेर हिजो नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले असहमति जनाएको छ । नेपालले भारतको भूमि विचेको विदेश मन्त्रालयको दाबी छ ।

भारतद्धारा आफ्नो देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न नेपाललाई आग्रह

 



प्रतिक्रिया दिनुहोस !