२० बैशाख २०८१, बिहिबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पूर्ण स्वास्थ्य सेवा पुनः शुरु

प्रकाशित मिति :  21 May, 2020 2:40 pm


दाङ, ८ जेठ ।

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आजदेखि सम्पूर्ण स्वास्थ्य सेवा पुनः शुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा बुधबार विज्ञप्ति निकालेर सेवा बन्द गरेको प्रतिष्ठानले सबैतिरबाट विरोध आएपछि सेवा पुनःसञ्चालन गरेको हो । प्रतिष्ठानले कोरोनाका बिरामी नआउँदासम्मका लागि सेवा शुरु गरिएको विज्ञप्तिमा जनाएको छ ।

प्रतिष्ठानले सेवा बन्द गरेको घोषणालगत्तै स्थानीय राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी र जनप्रतिनिधिले चर्को विरोध गरेका थिए । कोरोनाको मात्र उपचार शुरु गरिने भन्दै प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले सेवा बन्दको घोषणा गरेका  थिए । प्रतिष्ठानले सञ्चालन गर्दै आइरहेको अन्तरंग र बहिरंग दुवै सेवा बुधबार पूर्ण रुपमा बन्द भएका थिए ।

प्रतिष्ठानमा कोरोना प्रयोगशाला र आइसोलेशन वार्ड सञ्चालनमा छन् । हाल प्रतिष्ठानमा करीब ३० विशेषज्ञ चिकित्सक र एक सय स्वास्थ्यकर्मी कार्यरत छन् जहाँ दैनिक करीब चार सय बिरामी नियमित स्वास्थ्य सेवा लिन आउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !