२४ मंसिर २०८१, सोमबार

नेपाली कांग्रेसद्वारा पलेसालाई नगद पाँच लाखसहित सम्मान

प्रकाशित मिति :  8 September, 2024 4:38 pm


काठमाडौँ । नेपाली कांग्रेसले पाराओलम्पिक खेलमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ।

पारा ओलम्पिकमा ऐतिहासिक कास्य विजेता तेक्वन्दो खेलाडी पलेशालाई कांग्रेसले नगद ५ लाख रुपैयाँसहितसहित सम्मान गरेको हो । कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले कास्य पदक विजेता गोवर्धनसहित टोलीका सदस्यहरूलाई नगदसहित सम्मान गरेका हुन् ।

कांग्रेसले ऐतिहासिक पदक विजेता पलेशालाई नगद ५ लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको छ । प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार प्रदान गरिएको छ । यसैगरी, प्रतियोगितामा सहभागी भएका अर्का खेलाडी भरत सिंह महतालाई नगद ५० हजार प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !