२२ मंसिर २०८१, शनिबार

एन्फा महिला लिगमा वालिङको दोस्रो जित

प्रकाशित मिति :  9 September, 2024 4:16 pm


काठमाडौँ । काठमाडौँमा जारी एन्फा महिला लिगमा स्याङ्जाको वालिङ नगरपालिकाले दोस्रो जित निकालेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै वालिङले लगातार दोस्रो जित निकालेको हो ।

वालिङलाई जित दिलाउनका लागि एक मात्र निर्णायक गोल सिसि नानटोङ्गोले खेलको ३९ औं मिनेटमा गरेकी थिइन् । जितसँगै वालिङले दुई खेलबाट ६ अंक जोडेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।



प्रतिक्रिया दिनुहोस !