२१ बैशाख २०८१, शुक्रबार

नयाँ नक्शा अनुसार निशान छाप परिवर्तनका लागि संविधान संशोधन विधेयक संसदमा दर्ता

प्रकाशित मिति :  22 May, 2020 4:10 pm


काठमाण्डौं,९ जेठ ।

सरकारले नेपालको नयाँ नक्शा अनुसार निशान छाप परिवर्तनका लागि संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ।
आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक दर्ता गरेकी हुन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपालको संविधान-२०७२ को अनुसूची- ३ रहेको निशान छापमा लिम्पियाधुरा समेत समेटेर संशोधन गर्ने निर्णय गरेको थियो।

नेपालको संविधानको धारा (९) को उपधारा (२)मा नेपालको निशान छाप अनुसूची—३ मा उल्लेख भएबमोजिम हुने व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुसारको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची—३ को निशान छाप अंकित नेपालको नक्सालाई नेपालको वास्तिवक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले नेपालको संविधानको अनुसूची—३ मा संशोधन गर्ने प्रयोजनका लागि यो संशोधन प्रस्ताव पेश गरिएको ‌संशोधन विधेयककको उद्देश्य र कारणमा उल्लेख गरिएको छ।

सीमाका विषयलाई अहिले अन्तराष्ट्रियकरण गर्दैनौं : मन्त्री खतिवडा



प्रतिक्रिया दिनुहोस !