२२ मंसिर २०८१, शनिबार

विश्व पर्यटन दिवसमा घन्कियाे सारङ्गी (फाेटाे फिचर)

रैथाने खाना र प्रदेशमा प्रचलित १० प्रकारका जातीय लोक सांस्कृतिक झाँकी प्रदर्शन
प्रकाशित मिति :  27 September, 2024 1:31 pm


दाङ । ४५ औं विश्व पर्यटन दिवसको अवसरमा दाङमा मौलिक खाना र सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । लुम्बिनी प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको आयोजनामा जिल्लाको घोराहीमा मौलिक जातीय खाना र सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।

जिल्ला समन्वय समितिको शहीद मञ्चमा मौलिक कला, संस्कृति तथा जातीय खाना र कला प्रदर्शन गरिने कार्यक्रम निर्धारित गरिएको भए तापनि अविरल वर्षाका कारण उक्त कार्यक्रमलाई सभाहलमा आयोजना गरिएको छ ।

कार्यक्रममा थारु परिकार, मगर परिकार, नेवार परिकार, अवधि परिकार र मुस्लिम परिकार प्रदर्शनीमा राखिएको छ । साथै प्रदेशमा प्रचलित १० प्रकारका जातीय लोक नृत्य तथा संगीतहरु पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । जसअनुसार गन्धर्व समुदायको सारङ्गी धुन, थारु जातिको बड्का नाच, नुवागाउँले सोरठी नाच, नेवार समुदायको लाखे नाच, अवधी समुदायको अवधी नाच, देउखुरी क्षेत्रको थारू जातिको कठघोरी नाच, थारुकै सख्या नाच, पाल्पाको कौरा नाच, मगरको भूम्या नाच र संरगे नाच प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !