२३ बैशाख २०८१, आइतबार

रोल्पाः गाँउपालिकाको विज्ञप्ति,‘गाँउपालिका अध्यक्षले होइन वडा अध्यक्षले हात हाले ’

प्रकाशित मिति :  23 May, 2020 8:47 pm


रोल्पा, १० जेठ ।

कोरोना संकटका बेला रोल्पाको सुनिल स्मृति गाँउपालिकाभित्रको विवाद छताछुल्ल भएको छ । गाँउपालिकाका अध्यक्ष गुनेन्द्र घर्ती र वडा नम्बर-४ का अध्यक्ष गञ्जबहादुर क्षेत्रीबीच हिजो कार्यपालिका बैठकमै विवाद भएपछि दुबैले आफूमाथी पहिले कुटपिट भएको दाबी गर्दै विज्ञप्ति जारी गरेका छन् । विवादपछि कार्यपालिकाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

गाँउपालिकाका अध्यक्षको तर्फबाट  प्रवक्ता नमराज थापाले भने विज्ञप्ति मार्फत वडा अध्यक्ष क्षेत्रीले गाँउपालिकाका अध्यक्ष घर्तीमाथी हातपात गरेको आरोप लगाएका छन् ।

गाँउपालिकाका अध्यक्ष नमराज थापाले जारी गरेको विज्ञप्ति

प्रवक्ता थापाले निकालेको विज्ञप्तिमा भनिएको छ,‘गाँउपालिका अध्यक्ष ज्यूले हप्तामा २ दिन मात्रै बैकिङ सेवा सञ्चालन गर्दा झन् मानिसहरुको भिड बढ्ने देखिएकाले कम्तीमा पनि हप्ताको तीन दिन एकै समयमा सबै बैंकिङ कारोबार गर्ने र अन्य दिनहरुमा उपभोक्ता समूहहरुको खाता सञ्चालन लगायतको काम गर्न बैंकहरुलाई अनुरोध गर्ने भनि छलफल भैरहदा वडा अध्यक्ष गञ्जबहादुर क्षेत्रीले अचानक गाँउपालिका अध्यक्षमाथि अपशब्द बोल्न थालेपछि गाँउपलिका अध्यक्ष ज्यूले पनि जवाफमा केही शब्द फर्काउदै गर्दा एक्कासी उठी अध्यक्षमाथि नै हातपात गरेपछि अध्यक्ष ज्यूले अर्को सूचना नहुँदासम्मका लागि कार्यपालिका बैठक स्थगित गर्नुभएको व्यहोरा सबैमा जानकारी गराउँदछौं ।’

वडा अध्यक्ष क्षेत्रीले आफूलाई गाँउपालिकाका अध्यक्ष गुनेन्द्र घर्तीमगरले आफूमाथी कुटपिट भएको भन्दै प्रहरीमा जाहेरी समेत दिएका   छन् । उजुरीमात्रै होईन वडा समितिले नै विज्ञप्ति जारी गरेर वडा अध्यक्ष क्षेत्रीमाथी अध्यक्ष घर्तीले हात हालेको भन्दै कारवाहीको माग गरेको  छ ।

वडा नं.—४ को वडा समितिले जारी गरको विज्ञप्ति

वडा अध्यक्ष क्षेत्रीले गाँउपालिका अध्यक्ष घर्ती विरुद्ध इलाका प्रहरी कार्यालय सुलिचौरमा समेत उजुरी दिएका छन् ।

सम्बन्धित समाचार

रोल्पामा कार्यपालिका बैठकमै गाँउपालिका अध्यक्ष र वडाअध्यक्षबीच कुटाकुट, वडाध्यक्षद्धारा प्रहरीमा जाहेरी



प्रतिक्रिया दिनुहोस !