२३ बैशाख २०८१, आइतबार

कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो

प्रकाशित मिति :  24 May, 2020 4:26 pm


काठमाण्डौं, ११ जेठ ।

कोरोना संक्रमितको संख्या ६ सय पार गरेको छ ।

आज थप १९ जना कोरोना संक्रमित भेटिएसँग कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको हो । आज कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा. विकास देवकोटाले जानकारी दिए ।

आज संक्रमित भेटिएकामा मोरङमा १, बारा कलैयाका १, पर्सा,वीरगञ्जमा १ ,पर्सा घर भइ बारामा रहेका १ जना, पर्सा नागवामा—१ जना, रौतहट स्थायी ठेगाना भइ कलैयामा रहेका १ जना, सर्लाही हरिपुर—६ का १ जना, रुपन्देहीमा ६ जना, ,काठमाण्डौं सोह्रखुट्टेका १ जना, नुवाकोट ककनीका १ जना, गुल्मी मदाने गाँउपालिकामा १ जना र कपिलवस्तुमा ३ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !