८ जेष्ठ २०८१, मंगलबार

७२ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  25 May, 2020 11:24 am


काठमाण्डौं, १२ जेठ ।

देशका विभिन्न ठाँउमा ७२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति निकालेर ७२ जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।

मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्ति अनुसार रौतहटको राजपुर फरहदवा २,६,८ र इशनाथ-२ मा २६ जना, बारा गडीमाई नगरपालिकामा २१ जना र कलैया नगरपालिमा २ जना, दैलेखको नारायण नगरपालिकामा र ढुंगेधर गाँउपालिकामा ५ जना, दैलेख गुराँस गाँउपालिकामा २ जना, कपिलवस्तुको शिवराज नगरपालिका ३ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै काठमाण्डौंको टोखा नगरपालिकाको वडानम्बर ३,६, बुढानिलकण्ठ नगरपालिकाको वडानम्बर—३ माग गरि ३ जना, सप्तरीको डाक्नेधरी गाँउपालिकामा २ जना, बाँकेको दुधवा गा.पा.-२ र राप्ती सोनारी गाँ.पा.-मा ४ जना,बर्दीया बाँसगढी-९ मा १ जना , धनुषा नगराईन नगरपालिका-३ मा ३०,३१,४५ तीन जना संक्रमित भेटिएका छन् । अहिलेसम्म संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !