२२ बैशाख २०८१, शनिबार

थप एक जना कोरोना संक्रमितको मृत्यु भएको सरकारद्धारा पुष्टि,मृतकको संख्या ४ पुग्यो

प्रकाशित मिति :  25 May, 2020 4:31 pm


काठमाण्डौं, १२ जेठ ।

थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाराका एक वृद्धको कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

मृत्यु भएको ८ दिनपछि मात्रै मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले ति व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको जानकारी गराएका हुन् ।
बारा करैयामाई गाँउपालिका—७ का  ती वृद्ध जेठ २ गते वीरगन्जस्थित नेसनल अस्पतालमा भर्ना भएका थिए।

जेठ ४ गते अस्पतालमै उनको मृत्यु भएको थियो । तर मृत्यु भएको ८ दिनपछि मात्रै उनलाई कोरोना संक्रमणको पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमित ४ जनाकाको मृत्यु भएको छ । यसअघि सिन्धुपाल्चोक,बाँके र गुल्मीका एक एक जनाको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !