२५ बैशाख २०८१, मंगलबार

सुर्खेतमा १२ जना कोरोना संक्रति भेटिए

प्रकाशित मिति :  26 May, 2020 10:48 am


काठमाण्डौं, १३ जेठ ।

सुर्खेतमा १२ जना कोरोना संक्रमित भेटिएका छन् ।

सुर्खेतको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर १, २, ३ र ६, का ८ जना, भेरीगंगा नगरपालिकाका वडा नम्बर ८ का २ जना र सिम्ता गाउँपालिकाका वडा नम्बर ४ का २ जनामा संक्रमण पुष्टि गरेको छ ।

उनीहरु ९ देखि ४६ बर्ष उमेरका रहेको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । संक्रमित सबै केहीदिन अघि भारतबाट आएका थिए । यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !