५ जेष्ठ २०८१, शनिबार

प्यूठानमा क्वारेन्टाइनमा एक महिलाको मुत्यु

प्रकाशित मिति :  26 May, 2020 1:04 pm


प्यूठान, १३ जेठ ।

प्यूठानमा क्वारेन्टाइनमा बसेकी महिलाको आज मुत्यु भएको छ ।

ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टाइनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उनी लामो समयदेखि भारतमा बे्रन ट्युमरको समस्याबाट पीडित भएको प्रहरीले जनाएको छ । महिलासँगै उनका श्रीमान्, भाइ र छोराछोरीसहित यही जेठ ८ गते नेपाल आएको र उनीहरुलाई एउटै कोठामा राखिएको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया को भनाई छ ।

परिवारका पाँच सदस्यको कोरोना आरडिटी हुँदै छ । स्वास्थ्य शाखा प्रमुख गुरुङले भने,‘रिपोर्ट नेगेटिभ आएमा सदस्यलाई छाडिदिने छौँ ।’



प्रतिक्रिया दिनुहोस !