१ जेष्ठ २०८१, मंगलबार

आज मात्रै ९० जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  26 May, 2020 4:40 pm


काठमाण्डौं, १३ जेठ । 

आज ९० जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न जिल्लामा ९० जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै देशभर संक्रमितको संख्या ७ सय ७२ जना संक्रमित पुगेका छन् । ४६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

स्याङ्जामा पहिलो पटक २ जनालाई कोरोना संक्रमणको संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट आएका वालिङ-७ का २० र २९ वर्षीय पुरुषहरुको स्वाब संकलन गरि पोखरास्थित पश्चिमान्चल क्षेत्रिय अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको हो ।

कपिलवस्तुमा कपिलवस्तु नगरपालिका वाड नं. १२ का २२ वर्षका पुरुष १ जना र मायादेवी गाउँपालिका वाड न ७ का ५० पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।  यशोधरा गाउँपालिका वाड नं. १ का बर्ष २४,३६,३०,३०,३०,३०,३०,५५,४०,३४,३४,२०पुरुष १२ जना, वाड न २ का बर्ष ४४,३५,२३,२२का ४ पुरुष र बर्ष २ को बालिका १ जना, वाड न ८ का बर्ष ३४,३०,३१,४०,३५,१९,२५ पुरुष ७ जना संक्रमित भएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर १, २, ३ र ६, का ८ जना, भेरीगंगा नगरपालिकाका वडा नम्बर ८ का २ जना र सिम्ता गाउँपालिकाका वडा नम्बर ४ का २ जनामा संक्रमणको पुष्टि भएको छ ।



प्रतिक्रिया दिनुहोस !