१२ बैशाख २०८१, बुधबार

बागलुङमा ६ जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  27 May, 2020 11:54 am


काठमाण्डौं, १४ जेठ ।

बागलुङमा ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा जिल्लाको तमानखोला गाउँपालिकाको धनगौ ज्योति मावि क्वारेन्टिनमा रहेका ४ जना र बडिगाड गाउँपालिकाको त्रिभुवन मावि क्वारेन्टिनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले संक्रमणको पुष्टि गरेको हो ।

संक्रमण देखिएका सबै भारतबाट उद्धार गरिएका हुन् । तमानखोलामा ८ जनाको समूहमा आएकाको स्वाब संकलन गरिएकोमा चार जनामा संक्रमण देखिएको जानकारी आएको र उनीहरुलाई धौलागिरी अस्पताल पठाउने तयारी भइरहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।

बडिगाड गाउँपालिकामा पनि भारतबाट आइ क्वारेन्टिन बसेका ८ जनाको स्वाब संकलन गरेकोमा दुई जनामा कोरोना संक्रमण देखिएको जानकारी आएकाले उनीहरुलाई अस्पताल पठाउने तयारीमा लागेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए ।
गण्डकी



प्रतिक्रिया दिनुहोस !