२१ असार २०७९, मंगलबार

नेपालमा कोरोना संक्रमित पाँचौं व्यक्तिको मृत्यु

प्रकाशित मिति :  28 May, 2020 5:45 am


काठमाडौं, कोभिड-१९ को संक्रमण पुष्टि भएका एक  बिरामीको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।किष्ट मेडिकल कलेज, ललितपुरमा उपचाररत ५७ वर्षीय पुरुषको हिजो साँझ मृत्यु भएको हो । उनमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

बिरामी केही दिनअघि उपचारका लागि पाटन अस्पताल आएका थिए । ‘अल्कोहलिक लिभिर डिजिज’ बिरामी भएकाले आइसीयुमा राख्नुपर्ने भएपछि पाटन अस्पतालमा आइसीयु नभएपछि किष्ट मेडिकल कलेज पठाएको थियो ।उनको स्वाव परीक्षणका लागि १२ गते पठाइएकोमा हिजो रिपोर्ट आएको थियो । ती पुरुषको साँझ साँढे ७ बजे मृत्यु भएको  हो ।



प्रतिक्रिया दिनुहोस !