२४ मंसिर २०८१, सोमबार

काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पाँच टिमको सहभागिता

प्रकाशित मिति :  29 November, 2024 5:42 pm


काठमाडाैँ । नेपालमा आयोजना हुने काभा पुरुष भलिबल क्लव च्याम्पियनसिपमा कुल चार राष्ट्रका पाँच टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

नेपाल भलिबल संघको आयोजना र सेन्ट्रल एशियन भलिबल संघ (काभा) को संयोजनमा आगामी मंसिर २२ देखि २९ गतेसम्म नेपालमा क्लव च्याम्पियनसिप हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालको दुई क्लवसहित इरानको चादौर मालो क्लव, भारतको कालिकट हिरोज र माल्दिभ्सको एचडिसी क्लवले चुनौती प्रश्तुत गर्ने भएका हुन् । नेपालका भने लिग च्याम्पियन हेल्प नेपाल स्पोटर््स क्लव र गण्डकी प्रदेशले क्लव च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्दैछन् ।

नेपाल भलिबल संघले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । भलिबल संघले काभा महिला नेसन्स लिग आयोजना गरेपछि यस वर्ष दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो । काभा पुरुष क्लव भलिबल पहिलोपल्ट शुरु हुँदा नेपालमा आयोजना हुँदैछ । काभा महिला क्लव भलिबल माल्दिभ्समा भएको थियो । जहाँ नेपालको टोली नेपाल पुलिस क्लव अपराजित रहँदै च्याम्पियन बनेको थियो ।

काभा पुरुष भलिबल क्लव च्याम्पियनसिपमा पाँच टोलीपछिल्ला समयमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सफलतासँगै भलिबल संघले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । भलिबल संघले क्लव च्याम्पियनसिप गर्न करिब एक करोड खर्च लाग्ने अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख अनुदान प्रदान गर्ने बाँकी विभिन्न संघसंस्थाहरूबाट प्रायोजन लिने संघले जनाएको छ । —न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !