१८ बैशाख २०८१, मंगलबार

स्वास्थ्य मन्त्रालयलाई ९० अर्व ६९ करोड; काेराेना नियन्त्रण, पूर्वाधार विकास र स्वास्थकर्मीलाइ प्राेत्साहन

प्रकाशित मिति :  28 May, 2020 6:16 pm


काठमाडौं, १५ जेठ ।

स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम संचालन गर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयका लागि ९० अर्व ६९ करोड बजेट विनियोजन गरिएको छ ।
कोरोना रोकथाम, नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माण, कर्मचारी प्रोत्साहन लगाएतमा बजेट छुट्याइएको छ ।

स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता र ५ लाखसम्मको निशुल्क बीमा लगाएतका कार्यक्रम छन् । आगामी वर्ष नेपाल पूर्ण खोपयुक्त मुलुक बनाइने, नीजि क्षेत्रका अस्पताल सरकारले परिचालन गर्न सक्ने व्यवस्था गरिने, ५२ हजार स्वास्थ्य स्वयंसेवीको यातायात खर्च दोब्बर गरिएको छ ।

एउटै फोन नम्बरबाट सबै एम्बुलेन्समा फोन गर्न सकिने लगाएत यस क्षेत्रका कार्यक्रम हुन् । अस्पतालको क्षमता बढाउन संघ, प्रदेश र स्थानीय तहका लागि रकम विनियोजन गरिएको छ।

सरकारले स्वास्थ्य विकास पूर्वाधारका लागि १२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुलाई क्षमता विस्तार गरी अन्तरराष्ट्रिय मापदण्डअनुरुपको बनाइने अर्थमन्त्री डा. खतिवडाले उल्लेख गरे ।

सबै प्रदेश राजधानीमा अत्याधुनिक स्वास्थ्य प्रयोशगाला स्थापना गर्न सवै स्वास्थ्य संस्थामा उपचारका लागि आवश्यकीय प्रयोगशाला विस्तार गर्न तथा रोग निदान तथा फार्मेसी सेवा सञ्चालन गर्न र विदेशबाट आउने व्यक्तिको अनिवार्य स्वास्थ्य जाँच गर्न प्रमुख प्रवेश नाकामा आवश्यक उपकरणसहितको स्वास्थ्य डेस्क स्थापना गरिने बजेटमा विनियोजन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !