७ बैशाख २०८१, शुक्रबार

रुकुम पूर्व र नवलपरासी पूर्वको सदरमुकाम पूर्वाधार निर्माण  प्राथमिकतामा

प्रकाशित मिति :  28 May, 2020 8:42 pm


काठमाण्डौं, १५ जेठ ।

सरकारले नयाँ जिल्ला रुकुम पूर्व र नवलपरासी पूर्वको सदरमुकाम पूर्वाधार निर्माण  प्राथमिकतामा राखेको छ । । मुलुक संघीयतामा जाँदा बनेका यि दुई जिल्लाको पूर्वाधार निर्माणलाई संघीय सरकारले प्राथमिकता  दिएको हो ।

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक बर्ष २०७७/७८ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै नवलपरासी पूर्व र रुकुम पूर्व जिल्ला सदरमुकामको पूर्वाधार निर्माण अगाडि बढाउन रकम विनियोजन गरिएको जानकारी गराएका हुन् ।

यि दुई जिल्लाको सदरमुकामको पूर्वाधार निर्माण अगाडि बढाउन तथा मध्यपहाडी लोकमार्गले जोड्ने १० स्थान लगायत अन्य सम्भाव्य स्थानमा उपयुक्तताको आधारमा सुविधायुक्त नयाँ शहरको विकास गर्न २ अर्ब रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !