५ जेष्ठ २०८१, शनिबार

वृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना तथा रामग्राम गुरुयोजना कार्यान्वयनमा ल्याईंने

प्रकाशित मिति :  28 May, 2020 9:14 pm


काठमाण्डौं, १५ जेठ ।

सरकारले वृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना तथा रामग्राम गुरुयोजना कार्यान्वयनमा ल्याउने बताएको छ ।

आर्थिक बर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइने समेत उल्लेख गरे । उनले लुम्बिनीमा निर्माणाधिन ५ हजार क्षमताको ध्यान केन्द्र तथा सभा हलको निर्माण सम्पन्‍न गरिने जानकारी दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा ल्याउन तथा दोस्रो टर्मिनल भवन लगायतका थप पूर्वाधार निर्माण गर्न रकम विनियोजन समेत गरेको मन्त्री खतिवडाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !