१५ चैत्र २०८०, बिहिबार

रुकुम पूर्वका गाँउपालिकालाई संघीय सरकारको ९६ करोड ५२ लाख रुपैयाँ अनुदान

प्रकाशित मिति :  29 May, 2020 3:39 pm


काठमाण्डौं, १६ जेठ ।

संघीय सरकारबाट रुकुम पूर्वका तीन गाँउपालिकाका लागि ९६ करोड ५२ लाख रुपैया अनुदान परेको छ । संघीय सरकारले आर्थिक बर्ष २०७७/७८ को बजेटमा यो रकम विनियोजन गरिएको हो ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ परिच्छेद-४ मा उल्लेखित मापदण्ड अनुसार दिइएको चारवटा अनुदान शीर्षकमा पुथा उत्तरगंगा गाँउपालिकाले ३० करोड ९२ लाख भूमे गाँउपालिकाले ३१ करोड ६१ लाख, र सिस्ने गाँउपालिकाले ३३ करोड ९९ लाख रुपैयाँ बजेट अनुदान पाएका हुने ।

संघीय सरकारले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक गरेर चार शिर्षकमा अनुदान दिने गरेको छ । रुकुम पूर्व प्रदेश ५ को नयाँ जिल्ला हो ।

मुलुक संघीयतामा जाँदा तत्कालिन रुकुम जिल्लालाई टुक्राएर रुकुम पूर्व र रुकुम पश्चिम बनाईएको थियो । रुकुम पश्चिम कर्णाली प्रदेशमा पारिएको छ । रुकुम पूर्वको सदरमुकाम पूर्वाधार निर्माणलाई समेत संघीय सरकारले प्रथामिकतामा राखेको आफ्नो बजेटमा उल्लेख गरेको   छ ।



प्रतिक्रिया दिनुहोस !