५ जेष्ठ २०८१, शनिबार

१ सय ७० जना नयाँ कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  29 May, 2020 4:33 pm


काठमाण्डौं, १६ जेठ ।

१ सय ७० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले  पत्रकार सम्मेलन गरेर आज पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा १ सय ६५ जना पुरुष र ५ जना महिला गरि १ सय ७० जनामा कारोना संक्रमणको पुष्टि भएको जानकारी दिएका हुन् ।

संक्रमितको कूल संख्या १ हजार २ सय १२ पुगेका छन् । जसमध्य ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म ५२ जिल्लामा कोरोना संक्रमण फैलिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !