५ जेष्ठ २०८१, शनिबार

अर्घाखाँचीको भूमिकास्थानका एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ६ पुग्यो

प्रकाशित मिति :  29 May, 2020 4:36 pm


काठमाण्डौं, १६ जेठ ।

कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

३५ वर्षीय पुरुष गत जेठ १० गते मृत्यु भएको थियोे । भारतबाट नेपाल आएका उनको नमुना लिएर परीक्षण गरिएको थियो । उनको परीक्षण हिजो पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यो संगै नेपालमा कोरोना संक्रमित ६ जनाको मृत्यु भएको छ । मृतकको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु भईसकेको प्रवक्ता देवकोटाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !