८ बैशाख २०८१, शनिबार

थप १ सय ८९ जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  30 May, 2020 4:29 pm


काठमाण्डौं, १७ जेठ । 

पछिल्लो २४ घण्टामा १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । यसले अहिलेसम्म हरेक दिन कोरोना संक्रमितको संख्या बढेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले देशका विभिन्न जिल्लामा १ सय ८९ जना कोरोना संक्रमित भेटिएको जानकारी दिए ।

धनुषाका ७ जना, झापाका १ जना, कपिलवस्तुका १ सय ९ जना, ललितपुरका १ जना, महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १७ जना, सिराहका ११ जनामा संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै सप्तरीका ९ जना, दाङका ५ जना,बाराका १, पर्साका २, दैलेखका १४ र सखुवासभाका २ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

अहिलेसम्म देशभर संक्रमित संख्या १४ सय १ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ ।  २ सय १९ जना निको भएर घर फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस !