२७ माघ २०८१, आइतबार

सडक निर्माणकाे मागसहित मुख्यमन्त्री भेट्न आइपुगे राेल्पाली विद्यार्थी

प्रकाशित मिति :  4 February, 2025 5:38 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीसँग छलफल गरेका छन् । रोल्पा जिल्ला कोटगाउँस्थित नेपाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीसँग मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका हुन् ।

मुख्यमन्त्रीसँगको भेटमा विद्यार्थी तथा शिक्षकहरुले विद्यालयसम्म पुग्ने सडक नबनेको भन्दै बनाउन अनुरोध गरेका छन् । मुख्य सडकदेखि विद्यालयसम्म पुग्ने करिब दुई सय मिटर सडक पक्की बनाउनुपर्ने माग राखिएको हो ।

मुख्यमन्त्री आचार्यले विद्यार्थी तथा शिक्षकहरुले राखेको माग सम्वोधन गर्ने बारेमा सरकारले पहल लिने बताए । ‘‘तपाईहरुले राम्रोसँग पढ्नुहोस्, ज्ञान हासिल गर्नुहोस । सरकारले तपाईहरुको विद्यालयसम्म पुग्ने सडक बनाउँछ’’, मुख्यमन्त्री आचार्यले भने, ‘‘यसवर्ष नभए अर्काे वर्ष यसलाई बनाउनेगरी काम हुन्छ । हामीले यो माग पत्र भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउँछौं ।’’

बाटो नबन्दा वर्षातको समयमा हिलो र हिउँदको समयमा धुलोले हैरानी हुने गरेको बताएका थिए । विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर पुनसहित विद्यार्थीहरुले मुख्यमन्त्रीसँग छलफल गरेका ‍थिए ।



प्रतिक्रिया दिनुहोस !