अनेरास्ववियुले बुटवलमा स्ववियु कार्यशाला गोष्ठीकाे आयोजना गर्ने

बुटवल । अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटीले स्ववियु कार्यशाला गोष्ठीकाे आयोजना गर्ने भएकाे छ । अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष सन्तोष बाठा मगरले यही माघ २६ गते बुटवलमा स्ववियु कार्यशाला गोष्ठीकाे आयोजना गर्न लागेकाे जानकारी दिए ।
संगठन सशक्तीकरण र स्ववियु संरचनालाई बलियो बनाउन कार्यशालाकाे आयोजना गर्न लागेकाे अध्यक्ष बाठा मगरले जानकारी दिए ।
नेकपा (एमाले) पार्टी कार्यालय, बुटवलमा बिहान ११:०० बजेदेखि सुरु कार्यशालामा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष नारायण घर्ती प्रमुख अतिथि रहने उनले जनाए । बाठा मगरका अनुसार कार्यशालामा प्रदेश कमिटीका सम्पूर्ण पदाधिकारी, सचिवालय सदस्य तथा सदस्यहरूको सहभागिता रहने छ।
उक्त अवसरमा मातहतका जिल्लाका सम्पूर्ण पदाधिकारीहरू, गाउँपालिका, नगरपालिका, क्याम्पसका अध्यक्षहरू तथा केन्द्रीय कमिटी र आयोगका सम्पूर्ण सदस्यहरूकाे सहभागीता रहने छ ।
कार्यशालामार्फत् संगठनलाई सशक्त बनाउने रणनीतिहरू तय गरिने भन्दै अध्यक्ष बाठा मगरले तोकिएको समयमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन्।