१९ मंसिर २०८२, शुक्रबार

त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल र थाइल्याण्ड भिड्दै

प्रकाशित मिति :  7 February, 2025 8:38 am


काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले शुक्रबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। यसअघि प्रतियोगितामा लगातार पाँच खेलमा पराजित भएको नेपाल अंकतालिकाको अन्तिम स्थानमा छ।

नेपालले प्रतियोगितामा नेदरल्याण्डसँग तीन खेल र थाइल्याण्डसँग दुई खेल गुमाएको छ। पाँच खेलबाट कुनै अंक जोड्न नसकेको नेपाली टोली अन्तिम खेलमा जित हासिल गर्दै प्रतियोगिताको सुखद् अन्त्य गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।

नेपालले अहिलेसम्म लय समात्न नसके पनि अन्तिम खेलमा सुधारिएको प्रदर्शन गर्दै सान्त्वना जित निकाल्न चाहन्छ। यस खेलमा नेपालले रणनीतिक परिवर्तन गर्ने सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !