१० चैत्र २०८१, सोमबार

अनेरास्ववियुकाे लुम्बिनी प्रदेश समितिको विस्तारित बैठक सम्पन्न

प्रकाशित मिति :  8 February, 2025 9:05 pm


बुटवल । अनेरास्ववियु लुम्बिनी प्रदेश समितिको विस्तारित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ। प्रदेश कमिटी अध्यक्ष सन्ताेष बाठा मगरकाे अध्यक्षतामा बसेकाे बैठकले संगठन सुदृढीकरण, विद्यार्थी आन्दोलनलाई सशक्त बनाउने रणनीति र आउँदा दिनमा सञ्चालन गरिने अभियानबारे निर्णयहरू गरेको छ।

विद्यार्थी हकहितका विषयमा अनेरास्ववियु अझ सशक्त ढंगले लाग्ने निष्कर्ष बैठकले निकालेको छ। बैठकमा संगठनको सुदृढीकरण, स्वतन्त्र निर्वाचनको तयारी, विद्यार्थी आन्दोलनका समसामयिक मुद्दा तथा संगठनको भावी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।

बैठकलाई सम्बाेधन गर्दै कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्तीले स्ववियु निर्वाचनकाे तयारीमा लाग्न अनेरास्ववियुकाे नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

विद्यार्थी आन्दोलनलाई थप प्रभावकारी बनाउन अनेरास्ववियुले विभिन्न रणनीतिक योजना बनाइएको भन्दै उपाध्यक्ष घर्तीले विद्यार्थीहरुकाे सामु सङ्गठनकाे नीति र विचारकाे बहस प्रारम्भ गर्न निर्देशन दिए । विद्यार्थी आन्दाेलनलाई सशक्त बनाउन विद्यार्थी स्तरमा सशक्त अभियान सञ्चालन गर्नुपर्ने उनकाे भनाइ थियाे ।

बैठकमा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कडेल, सचिव लक्ष्मण आचार्यले निर्देशनात्मक मन्तव्य व्यक्त गरेका थिए ।

बैठकमा कर्णाली प्रदेश अध्यक्ष राजेश वली, सूदुरपश्चिम प्रदेश अध्यक्ष मनोज राईलगायतकाे उपस्थिति रहेकाे थियाे । बैठकमा प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी इन्चार्जहरुको समेत सहभागिता रहेको थियो। उनीहरुले आफ्ना जिल्लामा संगठन विस्तारका चुनौती र सम्भावनाहरूबारे छलफल गरेका थिए।



प्रतिक्रिया दिनुहोस !