१८ बैशाख २०८१, मंगलबार

सातै प्रदेशमा मनाइयाे अन्तराष्ट्रिय दूध दिवसः क्वारेन्टाइनदेखि वृद्धाश्रमसम्म दूध वितरण

प्रकाशित मिति :  1 June, 2020 7:14 pm


काठमाडाैं, १९ जेठ । 

विश्वभर मनाइएकाे २० औं अन्तराष्ट्रिय दूध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएकाे छ । दुग्ध विकास बाेर्डकाे नेतृत्वमा हरेक वर्ष नेपालमा मनाइदै आईएको छ ।

याे वर्ष काेराेना महामारीका कारण लकडाउन चलिरहेकाले भाैतिक दूरी कायम गर्दै दूध तथा दुग्ध पदार्थ वितरण तथा भर्चुअल रूपमा सन्देश आदानप्रदान गरेर दिवस मनाइएकाे छ । नेपाल डेरी एशाेसिएसनले सातै प्रदेशमा विभिन्न गतिविधि गरेकाे छ ।

कहाँ के के गरिए? 

प्रदेश नं. १ः 

प्रदेश अध्यक्ष हेमचन्द्र खनालको संयोजकत्वमा प्रदेश १ काे दमकमा सुरक्षाकर्मी, स्वास्थकर्मी, क्वारेन्टाइनमा दूध २०० लि. चामल ४० केजि, नी ७.५ केजि, खिरमिक्स ९ बट्टा वितरण गरिएकाे एशाेसिएसनले जनाएकाे छ । दमक नगर पालिकाका प्रशासकिय अधिकृत गणेश तिम्सिना, वडा नं. ७ का वडा अध्यक्ष भिम पौडेल दमक पशु सेवा शाखा प्राविधिक दिपु अधिकारी, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, वडा नं. ४ वडा अध्यक्ष कुमर साम्सोहाङ क्वारेन्टाइन ब्याबस्थापक कुबेर भट्टराई लगाएतकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

पूर्व नेपाल डेरी उद्योग, दमक ५, साझा डेरी उद्योग, दमक ८, गोरस डेरी उद्योग, पृथ्वी मा.बि दमक ७, बाह्रघरे कृषि सहकारी दमक १०, माता पाथीभरा डेरी उद्योग दमक ७, तोपगाछी डेरी उद्योग दमक ७, हिमाली डेरी उद्योग दमक २  लगाएतले दुग्ध वितरणमा सघाएका थिए ।

प्रदेश नं. २ः

प्रदेश अध्यक्ष श्री राघौ सिंज्यूको संयोजनमा केन्द्रिय सचिव विजय प्रसाद चौरसिया, उद्यागी नविन चौरसिया एवं उद्योगीहरुको उपस्थितिमा चन्द्रपुर ४ स्थित आमा समूहमा २० जनालाई दूध तथा दुग्ध पदार्थ वितरण गरियो ।

बागमति प्रदेशः

केन्द्र र प्रदेश दुबैको संयुक्त पहलमा धुम्बाराही, मण्डीखाटार स्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रममा रहेका करीब ३० ज्येष्ठ नागरिकहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण गरिएकाे छ । साथै ७ दिनसम्म निःशुल्क दूध, घ्यु, पनिर र दहि दैनिक रुपमा वितरण गरि सहयोग गर्ने प्रतिवद्धता जनाइएकाे छ ।

कार्यक्रम एसाेशिएसनका निवर्तमान अध्यक्ष श्री सुमित केडिया, महासचिव प्रल्हाद दाहाल तथा बोतलर्स वाटर एसोसिएसनका अध्यक्ष सुभाष भण्डारी, बागमति प्रदेश अध्यक्ष राजन दाहाल, सचिव गोपाल तिमिल्सिना, केन्द्रिय सदस्य रामभक्त दाहाल, प्रदेशका डेरी उद्योगी श्याम घिमिरे र केदार दाहालसमेतकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे छ ।

बागमति प्रदेश अन्तर्गत बौद्ध, जोरपाटी स्थित नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रद्वारा संचालित होस्टलमा रहेका करिब  १५० जनालाई केन्द्रिय महासचिव प्रल्हाद दाहाल र केन्द्रिय सदस्य बद्री ढकालज्यूको उपस्थितिमा खीर खानको लागि ८० लिटर दुध, चामल र चिनी वितरण गरि मनाइएकाे छ । चितवनमा पवन डेरी उद्योगले देवघाटमा रहेका करुणा आश्रममा १५० जनालाई दूध तथा दुग्ध पदार्थ सहित खाना खुवाई कार्यक्रम सम्पन्न भएकाे छ ।

गण्डकी प्रदेशः

पाेखरामा गण्डकी प्रदेश नेपाल डेरी एसोसिएसनको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमूख श्री सन्तोष रोकालाई धन्यवाद सहित सुरक्षा सामाग्री एवं खाद्य सामाग्री सेफ्टि भाईजर, माक्स, सेनिटाइजर, दुध, दही, छुर्पी लगायतका दुग्ध पदार्थ वितरण गरि सहयोग गरि मनाइएकाे छ ।

एसाेशिएसनका गण्डकी प्रदेशका अध्यक्ष शिवहरि आचार्य, केन्द्रिय उपाध्यक्ष रेशमराज पन्थी, ज्ञानेन्द्र बजगाईं, सदस्य रामचन्द्र बराल, सल्लाहकार सुरेश श्रेष्ठ, सप्त गण्डकी दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष श्री पुण्य प्रसाद पौडेलको उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे  हाे ।

प्रदेश नं. ५ः

प्रदेश नं. ५ को गौतमबुद्ध सामुदायिक मुटु हस्पिटल बुटवलमा रहेका विरामी र विरामी कुरुवाहरु करीब १०० जनालाई र तिलोत्तमा नगरपालिकाको शंकरनगर स्थित क्वारेन्टाईमा रहेका बिरामी, स्वस्थ्यकर्मी र सुरक्षाकर्मी करिब १९० जनालाई दूध तथा दुग्ध पदार्थ वितरणका साथै रक्तदान कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा  प्रदेश अध्यक्ष कृष्ण भट्टराईको संयोजकत्वमा केन्द्रिय कोषाध्यक्ष दयाराम भण्डारी, सल्लाहकार मेघराज भण्डारी, सदस्य रामकृष्ण पौडेल, शिव भुषाल लगायत डेरी उद्योगहरुको उपस्थिति थियाे ।

कर्णाली प्रदेशः

प्रदेश अध्यक्ष प्रेम बहादुर डि.सिज्यूको संयोजन र डेरी उद्योगीहरुको उपस्थितिमा हालको कोरोना महामारीको अवस्थामा विरामीहरु बस्ने विभिन्न स्थानको क्वारेन्टाईनमा दूध तथा दुग्ध पदार्थ वितरण गरि मनाइएकाे छ ।

सूदुरपश्चिम प्रदेशः

सूदुरपश्चिममा पनि क्वारेन्टाइनमा दुध तथा दुग्ध पदार्थ वितरण गरेर मनाइएकाे छ । श्री जन एकता प्रा.वि, लठैया, श्री केदारेश्वर आ.वि. चनौरा, श्री पशुपति मा.वि. मंगलपुरमा करीब १५० जनालाई दूध तथा दुग्ध पदार्थ वितरण गरिएकाे छ। सुदुरपश्चिमकी गौरीगंगा १, चौमालामा स्थित बन्दना डेरी उद्योग संचाललिका एवं नेपाल डेरी एसोसिएसन सुदूर पश्चिम प्रदेश सचिव डम्मरा दियाकोटी सहयोग र आयोजनामा गौरीगंगा नगरपालिका वडा १ अध्यक्ष जगतराम चौधरी, नेब्ला जिल्ला अध्यक्ष दिपक चौधरी, समाजसेवी तथा युवा नेता अमर सन्तेलको उपस्थिति रहेकाे थियाे ।

याे पनि:

आज विश्व दूध दिवसः यस्ता छन् दूध तथा दुग्ध पदार्थ सम्बन्धि तथ्यहरू



प्रतिक्रिया दिनुहोस !