२० बैशाख २०८१, बिहिबार

रोल्पाको माडी गाँउपालिकाद्धारा जेठ मसान्तभित्र कर बुझाउन आग्रह

प्रकाशित मिति :  2 June, 2020 2:29 pm


रोल्पा, २० जेठ ।

रोल्पाको माडी गाँउपालिकाले कर बुझाउन आग्रह गरेको छ । गाँउपालिका कार्यालयले  वडाहरुलाई पत्र लेखेर कर उठाउन भनेको छ ।

गाँउपालिकाले सामाजिक सञ्जालमा सूचना हालेर आर्थिक बर्ष अन्य हुन लागेको मालपोत,तिरो,घरजग्गा कर, घरबमहाल कर, व्यवसाय कर, लगायत यही जेठको मसान्तभित्र बुझाउन भनेको छ । गाँउपालिकले भनेको छ,‘ आ.व. २०७६र७७ को अन्त्य नजिक आइरहेको हुँदा माडी गाउँपालिकावासीले गाँउपालिकालाई बुझाउनु पर्ने मालपोत, तिरो, घरजग्गा कर,घर बहाल कर, व्यवसाय कर लगायतका कर यही जेष्ठ मसान्तभित्र सम्बन्धित वडा कार्यालय तथा गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क राखी बुझाउनु हुन अनुरोध छ ।’

तर जेठ ३२ गतेसम्म सरकारले लकडाउन गरेको छ । यसैबीचमा गाँउपालिकाले कर बुझाउन आग्रह गरेको हो ।



प्रतिक्रिया दिनुहोस !