देश विकासको पहिलो आधार प्राविधिक शिक्षा-महासचिव पोख्रेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देश विकासको पहिलो आधार प्राविधिक शिक्षा भएको बताएका छन् । तुलसीपुर बहुप्राविधिक शिक्षालय तुलसीपुर मेट्रो कलेज तुलसीपुर-१२ हरिपौरीको सभाहलको शिलान्यास कार्यक्रममा बोल्दै पोख्रेलले देश विकासका लागि प्राविधिक शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् ।
शिक्षालय संचालक समितिका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको सभाहल शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि शंकर पोख्रेलले आफूले अध्ययन गर्ने विषय अनुसारको उद्यमशिलतामा जोड दिन सुझाव दिए ।
त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वलीले विद्यार्थीको क्षमता बृद्धिका लागि सभाहलको पनि महत्वपूर्ण भुमिका रहने बताए ।
दक्ष जनशक्तिका रुपमा आफुलाइ विकास गरेर आफ्नो सिप र दक्षतालाइ स्वदेश मै लगाउन विद्यार्थीहरुलाई आग्रह गरे । शिक्षालयका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले कलेजले दक्ष जनशक्ति उत्पादन गर्नेमा आफु विश्वस्त रहेको बताए ।
लुम्बिनी प्रदेश सरकारको ८० लाख लागतमा यसै वर्ष सकिने गरी सभाहल निर्माण हुने शिक्षालय संचालक समितिका अध्यक्ष टीकाराम खड्काले जानकारी दिए ।
सो अवसरमा सामाजिक विकास डिभिजन कार्यालय प्रमुख गिरिराज पाण्डे, भुमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेत लगायतकाले बोलेका थिए ।
शिक्षालय संचालक समितिका उपाध्यक्ष स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षालय प्रमुख वसन्त कुमार आचार्यले गरेका थिए ।