१२ चैत्र २०८१, बुधबार

रोल्पामा राष्ट्रिय भलिबल प्रतियोगिता सुरु : सनस्टार र त्रिभुवन आर्मी क्लवकाे विजयी सुरुवात

प्रकाशित मिति :  22 February, 2025 9:07 pm


रोल्पा । रोल्पामा दोस्रो राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । सनस्टार युवा क्लवको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक सनस्टार युवा क्लव र त्रिभुवन आर्मी क्लव विजयी भएका छन् । सनस्टार युवा क्लव र मधेश प्रदेश बीच भएको खेलमा २६–२४, ३१–२९ र २५–१८ को सोझो सेटमा सनस्टार युवा क्लवले मधेश प्रदेशमाथि जित निकाल्यो ।

त्यस्तै त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेश बीच भएको खेल भने रोचक बनेको थियो । त्रिभुवन आर्मी क्लवलाई २३ मा रोक्दै २५ बनाएर पहिलो सेट हात पारेको कर्णालीले खेललाई निरन्तरता दिन सकेन । विभागीय आर्मी क्लवले २५–१६, २५–१७ र २५–१८ मा कर्णाली प्रदेशलाई रोक्दै त्रिभुवन आर्मी क्लव विजयी भएको हो ।

रोल्पाको सदरमुकाम लिबाङमा जारी दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव र आयोजकसहित चारवटा प्रादेशिक टिम सहभागी छन् ।

फागुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोतिामा प्रथम हुनेले पाँच लाख राशीको पुरस्कारसहित सनस्टार कप जित्ने छन् । त्यस्तै दोस्रो हुनेले दुई लाख पचास हजार, तेस्रो हुनेले एक लाख र सान्त्वना हुने टिमले पचास हजार रुपैयाँ हात पार्ने क्लवका अध्यक्ष पूर्ण केसीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !