१० चैत्र २०८१, सोमबार

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट

प्रकाशित मिति :  26 February, 2025 4:07 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबिच आज भेटघाट भएको छ ।

भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लवका तर्फबाट १ लाख रुपैँया र प्रथम महिला राधिका शाक्यका तर्फबाट १ लाख गरी दुई लाख रुपैँया हस्तान्तरण गरिएकाे थियाे ।

भेटका अवसरमा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी थियाे ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरू भएको उक्त च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ ।

प्रतियोगिताका विजेताले रु १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले रु पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !