१२ चैत्र २०८१, बुधबार

स्ववियु निर्वाचनलाई लक्षित गर्दै अनेरास्ववियुले गर्याे सङ्गठन दर्ता

प्रकाशित मिति :  3 March, 2025 7:31 pm


दाङ । आसन्न स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटीले प्रदेशभरका क्याम्पसहरूमा सङ्गठन दर्ता अभियान तीव्र बनाएको छ।

प्रदेश अध्यक्ष सन्तोष बाठा मगरले आज प्रदेशका ८४ क्याम्पसमा सङ्गठन दर्ता गरेकाे जानकारी दिए । प्रदेशभर १२६ वटा क्याम्पस रहेकाे भन्दै अध्यक्ष बाठा मगरले बाँकी ४२ वटा क्याम्पसमा भोलि (मङ्गलबार) सङ्गठन दर्ता गरिने जानकारी दिए ।

यसै क्रममा दाङको महेन्द्र बहुमुखी क्याम्पस, घोराहीमा प्रदेश कमिटी अध्यक्ष बाठा मगराे नेतृत्वमा जिल्ला इञ्चार्ज भीमा डिसीको सहभागितामा सङ्गठन दर्ता गरिएको छ ।

त्यस्तै बुटवल बहुमुखी क्याम्पसमा केन्द्रीय सदस्य साजन भण्डारीको नेतृत्वमा जिल्ला अध्यक्ष भरत अर्यालको सहभागितामा सङ्गठन दर्ता गरिएको अध्यक्ष बाठा मगरले जानकारी दिए ।

त्यस्तै, नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा जिल्ला इञ्चार्ज सुमन घिमिरेको नेतृत्वमा जिल्ला अध्यक्ष प्रकाश विकको उपस्थितिमा सङ्गठन दर्ता सम्पन्न भएको छ ।

स्ववियु निर्वाचन यही चैत ५ गते हुने तय भइसकेको छ। यसै सन्दर्भमा अनेरास्ववियुले अधिकांश क्याम्पसमा एकल उम्मेदवारी दिने घोषणा गरेको छ। अध्यक्ष बाठा मगरका अनुसार सङ्गठनलाई व्यापक रूपमा विस्तार गर्दै निर्वाचनमा पार्टीलाई मजबुत बनाउने लक्ष्य राखिएको छ ।

अनेरास्ववियुले सम्पूर्ण क्याम्पसमा विजय हासिल गर्ने तयारीमा रहेकाे बताउँदै अध्यक्ष मगरले स्ववियु निर्वाचन विद्यार्थीहरूको हकहितको पक्षमा रहने उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !