२६ बैशाख २०८१, बुधबार

गायिका राधिका हमालको पहलमा कलाकारहरुलाई राहत वितरण

प्रकाशित मिति :  5 June, 2020 8:23 am


काठमाण्डौं, २३ जेठ ।  

गायिका राधिका हमालको पहलमा रोल्पा कलाकार समाज,नृत्यकर्मी संघ र बाद्यबादक संघका कलाकारलाई राहत वितरण भएको छ ।

गायिका हमालको पहलमा लकडाउनका कारण काठमाण्डौं उपत्यकामा अफ्ठेरो परेका ३० भन्दा बढी कलाकारलाई  दुईचरणमा गरेर राहत वितरण गरिएको हो ।  हमाल रोल्पा कलाकार समाजको अध्यक्ष,राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको उपाध्यक्ष पनि हुन् ।

राहत वितरणपछि उनले भनेकी छन्,‘कलाकार साथिहरुलाई सहयोग वितरण गर्न पाएकोमा खुशी छु,हुन त यस्तो दिन नआएको भए अझै खुशी लाग्ने थियो,तर कोरोना कहर हो,सहयोग दिनुरलिनु बाद्यता हो ।’

कलाकारलाई राहतका लागि रोल्पा नेपाली कांग्रेस सभापति एवं पूर्वर राज्यमन्त्ती अमरसिंह पुनगमर,रोटरी क्लबका अध्यक्ष डा.जय ब.टन्डन,डा.मुक्तिराम श्रेष्ठ, राधिका खड्का तथा नेपाल विज्ञापन समाजले सहयोग गरेको गायिका हमालले जानकारी दिईन् ।



प्रतिक्रिया दिनुहोस !