१२ चैत्र २०८१, बुधबार

१४ लाख ४६ हजार ६ सय १ जना किशोरीले लगाए एचपिभी खोप, पुरुषहरूलाई पनि दिने तयारी

प्रकाशित मिति :  6 March, 2025 2:05 pm


काठमाडाैँ । १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले पाठेघरको मुखको क्यान्सरबिरुद्ध प्रयोग हुने (एचपिभी) खोप लगाएका छन् ।

सरकारले माघ २२ गते एचपिभी खोप अभियान शुभारम्भ गरेको थियो । अभियानअन्तर्गत १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले खोप लगाएको राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए। नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको यो खोप सुरक्षित एवं प्रभावकारी रहेको बताए।

लक्षित समूहका किशोरीहरुलाई निःशुल्क उपलब्ध गराइएको बताए । उनले आगामी वर्ष १० वर्षदेखि उमेरसमूहका कक्षा ६ मा पढ्नेहरुलाई हरेक वर्ष लगाइने बताए । कुल लक्ष्य १५ लाख ६० हजार ८ रहेकोमा ९३ प्रतिशतले खोप लगाएको बताए । मन्त्री पौडेलले यस खोपले कुनै साइट इफेक्ट नपरेको दाबी गरे ।

उनले याे खोप पुरुषहरूलाई पनि दिने गरिएको र १४ वर्ष माथिका किशोरी र महिलालाई पनि दिने गरिएकाले नेपालले पनि अध्ययन गरिरहेको बताए । उनले नेपालको आफ्नै क्षमताले प्राप्त गर्न कठिन भएका कारण सहयोगी संस्था र मित्रराष्ट्रहरुमार्फत उपलब्ध गर्ने परिस्थिति निर्माण गर्ने काममा लागेको बताए । उनले सरकारले श्रोत खोजेर उपलब्ध गराउन आवश्यकताअनुसार प्रयत्न गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !