३ चैत्र २०८१, सोमबार

नेपाल बार एसोसिएसन निर्वाचनः डिएलएमा उम्मेदवार चयन अन्योल, कांग्रेस नेतृत्वको हस्तक्षेपको आरोप

प्रकाशित मिति :  6 March, 2025 12:23 am


काठमाडौं । नेपाल बार एसोसिएसनको केन्द्रीय अधिवेशनका लागि डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को उम्मेदवार चयनमा अन्योल देखिएको छ । कांग्रेसनिकट डिएलए र एमालेनिकट प्रगतिशील कानून व्यवसायीबीच गठबन्धनको तयारी भएसँगै डिएलएको भागमा अध्यक्ष पद परेको छ । तर, डिएलएको छनोट समितिले उम्मेदवारको टुंगो लगाउन नसक्दा कांग्रेस नेतृत्वको हस्तक्षेप बढेको आरोप लागेको छ ।

डिएलए कांग्रेसको शुभेच्छुक संगठन भएकाले उम्मेदवार चयन गर्ने जिम्मा संगठनले नै लिँदै आएको थियो । तर, यसपटक आकांक्षी यदुनाथ खनाल, विजय मिश्र र योगेन्द्र क्षेत्रीमध्ये एकजनालाई छनोट गर्न नसक्दा कांग्रेस नेतृत्वले हस्तक्षेप गरेको दाबी गरिएको छ । कांग्रेसले आनन्द ढुंगानालाई बारको टिकट दिन खोजेको भन्दै डिएलएभित्र असन्तुष्टि देखिएको छ ।

यसबिच, विपक्षी गठबन्धन र स्वतन्त्र उम्मेदवारहरूले रमण श्रेष्ठलाई समर्थन गरिरहेका बेला डिएलएले मतदातामाझ लोकप्रिय उम्मेदवार चयन गर्नुपर्नेमा पार्टी नेतृत्वको हस्तक्षेपका कारण पकेट उम्मेदवार छान्ने प्रयास भइरहेको आशंका व्यक्त गरिएको छ । आकांक्षीहरूबिच संवाद नै नगरी कांग्रेस नेतृत्वले उम्मेदवार छान्न खोज्दा डिएलएभित्र विभिन्न अड्कलबाजी चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !