राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा वली निर्वाचित

दाङ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेशको नयाँ ३५ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ। स्वास्थ्यकर्मीहरूको हकहित संरक्षण, पेशागत सुरक्षा तथा सेवा प्रवर्द्धनका विषयलाई प्राथमिकता दिँदै गठित यस कार्यसमितिको अध्यक्षमा दोर्ण वली सर्वसम्मत निर्वाचित भएका छन् ।
महासंघको उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल, महिला उपाध्यक्षमा सरस्वती भण्डारी, सचिवमा कृष्णगोपाल चौधरी, कोषाध्यक्षमा डिलाराम भुसाल र उपसचिवमा विष्णु पन्थी, पारसजंग रावत चयन भएका छन्।
महासंघको सदस्यमा राधा बलाल, गीता पाण्डे, पवित्रा गौतम, नर्मदा कडेल, बबिता खनाल, बसन्ती मल्ल, कुलबहादुर बिष्ट, ठाकुरप्रसाद भट्टराई, हरि खनाल, चुडामणि नेपाल, शिवप्रसाद जीसी, केपी भण्डारी, रामेश्वर ढकाल, रेगबहादुर दिशा, स्थानेश्वर बस्याल, बुद्धिमाया बस्याल, नवराज केसी, खकेन्द्र घर्तीमगर, काशिराम वली, लिलाधर बुढाथोकी, नोदप्रसाद बस्गाल र पुष्पा घिमिरे सदस्यका रूपमा निर्वाचित भएका छन्।
महासंघले स्वास्थ्यकर्मीहरूको अधिकार सुनिश्चित गर्न, सेवा सुविधाको व्यवस्थापन सुधार गर्न तथा स्वास्थ्य क्षेत्र सुधारका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ। नयाँ नेतृत्वले लुम्बिनी प्रदेशमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन विभिन्न कार्यक्रम अघि बढाउने योजना बनाइरहेको छ।
स्वास्थ्यकर्मीहरूको हक र सुरक्षा प्राथमिकता-अध्यक्ष वली

यसैबीच नवनिर्वाचित अध्यक्ष दोर्ण वलीले स्वास्थ्यकर्मीहरूको हक र पेशागत सुरक्षा सुनिश्चित गर्न आफ्नो पूर्ण प्रतिबद्धता जनाएका छन् । उनले आगामी कार्यकालमा स्वास्थ्यकर्मीहरूको अधिकार, स्वास्थ्य सेवा सुधार र पेशागत हकको प्रवर्द्धनमा विशेष ध्यान दिने घोषणा गरेका छन्।
वलीले स्वास्थ्यकर्मीहरूको जीवनस्तर सुधार गर्न र उनीहरूको हकको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कदम चाल्ने र स्वास्थ्य क्षेत्रमा आवश्यक सुधार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनका अनुसार, स्वास्थ्यकर्मीहरूको पेशागत सुरक्षा र भत्ता सुधारका लागि ठोस योजना लागू गरिने छ ।
उनले भने, “स्वास्थ्यकर्मीहरूको हक र अधिकारको संरक्षण गर्न र सेवा प्रवर्द्धनका लागि म सधैँ सक्रिय रहनेछु । हाम्रो संगठनलाई बलियो र प्रभावकारी बनाउने काममा सबैको साथ र सहयोग आवश्यक छ ।”
वलीले संघको नेतृत्वलाई पारदर्शी र ईमानदारीपूर्ण बनाउन र सदस्यहरूको समस्या समाधान गर्ने उद्देश्यले कार्य गर्ने योजना बनाएको बताए। उनले स्वास्थ्यकर्मीहरूको सामाजिक सुरक्षा र पेशागत प्रशिक्षणमा सुधार ल्याउने आफ्नो प्रतिबद्धता पनि व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष वलीले स्वास्थ्यकर्मीहरूको एकता र शक्तिमार्फत् लुम्बिनी प्रदेशमा स्वास्थ्य सेवामा गुणस्तरीय सुधार र स्वास्थ्यकर्मीहरूको हकको सुनिश्चितता गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।