१२ चैत्र २०८१, बुधबार

महेन्द्र बहुमुखी क्याम्पस, दाङमा स्वतन्त्र विद्यार्थी युनियनको सर्वसम्मत नेतृत्व चयन

प्रकाशित मिति :  12 March, 2025 11:17 am


दाङ । महेन्द्र बहुमुखी क्याम्पस दाङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सर्वसम्मत नेतृत्व चयन भएको छ । क्याम्पसमा दर्ता भएका ९ वटा सङ्गठनबीचको सहमतिपछि सर्वसम्मत नेतृत्व चयन भएकाे निर्वाचन समितले जानकारी दिएकाे छ ।

निर्वाचित नेतृत्वमा दिपेशकुमार डि.सी. अध्यक्ष, प्रशान पोख्रेल उपाध्यक्ष, सागर पण्डित सचिव, दिपक केसी सहायक सचिव र रमिला शर्मा कोषाध्यक्षको पदमा चयन भएका छन्।

सर्वसम्मत नेतृत्वको चयनले क्याम्पसमा सहकार्य र सकारात्मक परिवर्तनको सुरुवात भएको र विद्यार्थी हितको लागि एकजुट कार्य गर्नका लागि सबै संगठनहरूले साझा योजना तय गरेका छन् ।

निर्वाचित स्ववियु नेतृत्व



प्रतिक्रिया दिनुहोस !