१६ बैशाख २०८१, आइतबार

कारोना संक्रमित थप एक जनाको मृत्यु,मृतकको संख्या ११ पुग्यो

प्रकाशित मिति :  5 June, 2020 7:43 am


सुर्खेत, २३ जेठ ।

कारोना संक्रमित थप एक जनाको मृत्यु भएको छ ।  सुर्खेतमा बुधबार राति मृत्यु भएका एकजना युवामा कोरोना संक्रमण रहेको पुष्टि भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका युवा १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका थिए। उनको घर फर्किएकै राति मृत्यु भएको थियो । भारतबाट आएका २० वर्षीय ती युवक त्यसअघि विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए।

१४ दिन क्वारेन्टाइनमा बसेका उनको आरडिटी विधिबाट परीक्षण गर्दा कोरोना भाइरस नेगेटिभ देखिएपछि होम क्वारेन्टाईनमा बस्ने गरेर घर पठाइएको थियो।

ती युवाको स्वाब संकलन गरी सुर्खेतमा रहेको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.डम्बर खड्काले जानकारी गराएका छन् ।

यो सहित नेपालमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ। कर्णालीमा भने दुई जना पुगेको छ। यसअघि दैलेखमा एकजनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो।



प्रतिक्रिया दिनुहोस !