१२ बैशाख २०८१, बुधबार

कपिलवस्तुमा दुई बालबालिकासहित आज मात्रै ४८ जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  6 June, 2020 3:39 pm


रुपन्देही, २४ जेठ ।

कपिलवस्तुमा आज मात्रै ४८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आज विभिन्न पालिकामा ४८ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार अहिलेसम्म कपिलवस्तुमा संक्रमितको संख्या ५ सय २३ पुगेको छ ।

आज संक्रमित भएका मध्य महाराजगन्ज नगरपालिकाका ४ वर्षदेखि ४६ सम्मका ३१ पुरुष र ६ देखि ५५ सम्मका ६ महिला ३७ जना रहेका छन् । यस्तै यशोधरा गाउँपालिका वाड नं. ७ का २५ वर्षीय महिला र २५ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै विजयनगर गाउँपालिका वाड नं. ३ का २५ वर्षका १ जना पुरुष ,वाड नं. ५ का २४ वर्षीय पुरुष र वाड नं. ६ का २२,३२,४८ का पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

बुद्द्भूमि नगरपालिका वाड नं. ५ का १९,२९ का २ जना पुरुष,वाड नं. ६ का २३,३६ वर्षका २ जना पुरुष पनि कोरोना संक्रमित बनेको स्वास्थ्य कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !