१४ बैशाख २०८१, शुक्रबार

बजेट न्यायपूर्ण र सन्तुलित भएन :सांसद रोका

प्रकाशित मिति :  6 June, 2020 9:05 pm


काठमाडौं, २४ जेठ ।

रुकुम पूर्वकी सांसद कमला रोकाले बजेट न्यायपूर्ण  र सन्तुलित नभएको भन्दै आलोचना गरेकी छन् ।

बजेटमाथीको छलफलमा आज बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) की केन्द्रीय सदस्य समेत रहेकी सांसद रोकाले मन्त्रीहरु समग्र देशको भन्दा जिल्लाको जस्तो बनेर बजेट विनियोजन गरेको आरोप समेत लगाईन् ।

उनले भनिन्,‘ बजेट न्यायपूर्ण र सन्तुलित वितरण हुन सकेन । बजेटले संघीयताको मर्म र भावनालाई पकड्न नसकेको गहिरो अनुभूति भएको छ ।’ उनले समानुपातिक ढंगले बजेट वितरण नभएको   बताईन् ।

लाखौं किसानको भावनलाई समेट्न योगदानमा आधारित पेन्सनको कार्यक्रम र बजेटको व्यवस्था गर्न माग गर्दै सांसद रोकाले कृषिमा युवा सहभागिता र स्वरोजगारका लागि ठोस केन्द्रीय योजना र बजेटको ब्यवस्था गर्न आग्रह गरिन् ।

उनले संघीयताले जनमाएको रुकुम पूर्व अर्गानिक कृषि उत्पादन,पर्यटन प्रर्वद्धन,जडिबुटी पकेट क्षेत्र र साना उद्योग सञ्चालनको दृष्टिले धेरै राम्रो सम्भावना बोकेको भन्दै त्यसका लागि बजेको ब्यवस्था गर्न माग गरिन् ।

उनले भनिन्,‘प्रदेश सरकारले रुकुम पूर्वलाई अर्गानिक जिल्ला घोषणा गरिसकेको सन्दर्भमा कृषि अर्गानिक उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखि बजेटको व्यवस्था गरिििदनको निम्ति म कृषि मन्त्री ज्यूलाई हार्दिक अनुरोध गदर्छु ।’

स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनका लागि र कृषिमा आधारित साना उद्योग विकासका लागि विशेष व्यवस्था गर्न समेत सांसद् रोकाको माग छ । सांसद रोकाले रुकुम पूर्वको भूमे गाँउपालिका उच्च भूभागमा रहेको र गाँउपालिकाले कृषि अनुसन्धानका लागि काम गर्दै आएको जानकारी गराउँदै आफूले यसका लागि बजेटको माग गर्दापनि समावेश नगरेको बताईन् ।

यार्सा, पाँचऔले जस्ता बहुमूल्य जडिबुटी प्रशस्त पाईने रुकूमपूर्वमा वन अनुसन्धान तथा प्रसोधन केन्द्र स्थापना गर्न पर्यटन क्षेत्र संरक्षणको कार्यक्रम बनाउनका निम्ति सांसद रोकाले बजेटको माग गरिन । उनले पटक पटक एअरपोर्टको निम्ति आवाज उठाएपनि यसपटकको बजेटमा समावेश नभएको भन्दै गुनासो गरिन् । सांसद रोकाले रुकुम पूर्वमा आयुर्वेदिक अस्पताल निर्माण र जिल्लामा स्वास्थ्य सुविधा बढाउन माग गरिन् ।



प्रतिक्रिया दिनुहोस !