राजावादीहरू मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा छन्ः सांसद महत
प्रकाशित मिति : 30 March, 2025 4:30 pm

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले राजावादीहरूको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् ।
आइतवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री समेत रहेका महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरङ्शकुश राजा बन्न चाहेको आफूहरूको निस्कर्ष भएको बताएका हुन्। उनले राजावादी समूहहरुको प्रदर्शनका क्रममा उनीहरूलाई जनताको भावनासँग कुनै सरोकार समेत नरहेको देखिएको बताए ।
उनले राजावादीहरु मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा रहेको उल्लेख गर्दै निजी सम्पतीमा क्षति पुर्याउने र उत्तेजना फैलाउनेलाई सरकारले कारबाही गर्ने बताए ।लोकतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था भएको कारण लोकतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने उनको भनाइ छ ।