१२ आश्विन २०७९, बुधबार

थप २ सय १३ जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  7 June, 2020 4:42 pm


काठमाडौं, २५ जेठ ।

पछिल्लो २४ घण्टामा थप २ सय १३ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ २ सय ९ जना पुरुष र ४ जना महिलासँगै २ सय १३ जना कोरोना संक्रमित भेटिएको जानकारी दिए । यो संगै देशभर कोरोना संक्रमितको संख्या ३४ सय ४८ पुगेको छ ।

अहिलेसम्म कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !