२१ बैशाख २०८१, शुक्रबार

सुनको भाउ प्रतितोला एक सय रुपैयाँ बढ्यो

प्रकाशित मिति :  8 June, 2020 12:35 pm


काठमाडौं, २६ जेठ ।

सुनको भाउ प्रतितोला एक सय रुपैयाँ तथा चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार ५ सय रुपैयाँ तथा तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ६५ रुपैयाँ तोकेको छ। यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ३० रुपैयाँ कायम भएको छ।

महासंघले जेठ २५ गते आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ तथा तेजावी सुनको मूल्य ८६ हजार ९६० र चाँदीको भाउ प्रतितोला ९२५ रुपैयाँ तोकिएका थियो ।

लकडाउन खुलेपछि सुनको बजारभाउ प्रतितोला १० हजार ५ सय रुपैयाँले बढेको छ भने चाँदीमा २ सय १० रुपैयाँले बढेको छ।



प्रतिक्रिया दिनुहोस !