१६ बैशाख २०८१, आइतबार

रुकुम पश्चिम घटनाबारे छानविन गर्न ९ सदस्यीय संसदीय समिति,संयोजकमा देवेन्द्र पौडेल

प्रकाशित मिति :  8 June, 2020 6:42 pm


काठमाडौं, २६ जेठ ।

प्रतिनिधि सभाले रुकुम पश्चिम चौरजहारी नगरपालिका-८ को सोतीमा भएको घटनाबारे छानविन गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।

यसअघि सभामुख अग्नी सापकोटाले गरेको घोषणा अनुसार समितिलाई आज पूर्णता दिईएको हो । पौडेल संयोजक रहने समितिमा एकवाल मिया,दुर्गा पौडेल, पर्वाती विशुङ्खे, प्रकाश रसाईली,विमला विक,महेश्वर गहतराज,मिनबहादुर विश्वकर्मा,रामसहाय प्रसाद यादव सदस्य रहेका छन् ।

समितिलाई काम सुरु गरेको ३० दिनभित्र प्रतिवेदन तयार गर्ने जिम्मा दिईएको छ ।

जेठ २ गते जाजरकोटका नवराज विकसहितका युवा केटी भगाउन गएका बेला स्थानीयको आक्रमणमा परेका थिए । आक्रमणमा ६ जना युवाको ज्यान गएको थियो । अन्तरजातीय विवाह अमान्य भन्दै केटी पक्षका समूहले आक्रमण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !