७ बैशाख २०८१, शुक्रबार

५८४ ले काेराेना जिते, नयाँ संक्रमित ३२३

प्रकाशित मिति :  9 June, 2020 4:24 pm


काठमाडाैं, २७ जेठ । 

मुलुकभर काेराेना भाइरस संक्रमितमध्ये हालसम्म ५ सय ८४ जना निकाे भएका छन् । मंगलबार ९६ जना निकाे भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२३ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ३२३ जनामा संक्रमण पुष्टि भएसँगै ४ हजार ८५ जना पुगेको छ । हालसम्म संक्रमण पुष्टी नभएकाे इलाममा पनि संक्रमणा भएकाे छ । यससँगै मुलुकका सबै जिल्लामा काेराेना संक्रमण पुगेकाे छ ।

संक्रमित हुनेमा दाङका ६ जना, बाँकेका ९ जना, जुम्लाका २ जना, सल्यानका १२ जना, सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना, कैलालीका १ जना, रुपन्देहीका २० जना, नुवाकोटका २ जना, रौटहटका २१ जना, सर्लाही १६ जना र सिरहाका १२ जना छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङ ११ जना र धनुषाका ४५ जना, महोत्तरीका ५० जना, सर्लाहीका १ जना छन् ।



प्रतिक्रिया दिनुहोस !