२९ बैशाख २०८२, सोमबार

आज पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना

प्रकाशित मिति :  30 April, 2025 8:40 am


काठमाडौँ । आज देशका पहाडी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको जनाउँदै महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे हाे । बाँकी भू–भागहरूमा आंशिक बदली रहने उल्लेख गरिएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा हुरी चल्न सक्ने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।

आज राति पनि देशका पहाडी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम सफा रहने महाशाखाको भनाइ छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरूका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने उल्लेख गरिएको छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहेको जानकारी दिइएको छ। महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस !