श्रमिक दिवसमा प्रेस चौतारीले गर्यो लुम्बिनीका ४० सञ्चार मजदुरलाई सम्मान
दाङ । श्रमिक दिवसको अवसरमा प्रेस चौतारीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ४० जना सञ्चार श्रमिकलाई सम्मानित गरेको छ । प्रदेशका १२ मध्ये १० जिल्लामा लामो समय काम गरेका श्रमिकहरूलाई सम्मान गरिएको हो ।
१० जिल्लाका सम्मानित हुनेमा नवलपरासीबाट ३, दाङ ८, पाल्पा ५, बाँके ३, रोल्पा ४, रुपन्देही ५, बर्दिया १, अर्घाखाँची ४, कपिलवस्तु ६, प्युठान १ जनालाई सम्मान गरिएको छ । जसमा रेडियो प्राविधिक, क्यामरा पर्सन, कम्प्युटर टाइपिस्ट, पत्रिका वितरक रहेका छन् ।
बर्दियामा प्रमेश यादव, बाँकेमा रेडियो मिसनका प्राविधिक धर्म गौतम, रेडियो प्रतिबोधका प्राविधिक मीना रावल, दैनिक नेपालगन्जका पत्रिका वितरक प्रेम केवटलाई सम्मान गरिएको छ । त्यस्तै दाङ शाखाले अपरेटरतर्फ नयाँ युगबोध दैनिकका मोहन चौधरी र गिरिराज तिवारी, रेडियो प्राविधिकतर्फ रेडियो प्रकृतिका मनु डिसी, रेडियो हापुरेकी जुनु खड्का, पत्रिका बितरक मीनराज गौतम, कम्प्युटर अपरेटर दीपक चौधरी र सविता रोका सम्मान गरेको छ ।
त्यस्तै रोल्पाले डिएस डाँगी, दयाराम डाँगी, खुम बिक र सन्ध्या पुनलाई सम्मान गरेको छ । त्यस्तै अर्घाखाँची शाखाले शालिक बाबु पोख्रेल, सपना भट्टराई, प्रविण भट्टराई र लक्ष्मी पोख्रेललाई सम्मान गरेको छ ।
त्यस्तै पाल्पाले टाइपिष्ट सूर्यबहादुर थापा, पत्रिका वितरक राजेश शाही, कम्प्युटर अपेरटर सिर्जना बोहरा, टेलिभिजन प्राविधिक मनबहादुर भुजेल र रेडियो प्राविधिक निरज पोडेललाई सम्मान गरेको छ ।
त्यस्तै पश्चिम नवलपरासीले रुपेश रजभर, हिमाल आले, अमरराज कहारलाई सम्मान गरेको छ । त्यस्तै रुपन्देहीले दैनिक लुम्बिनीका पत्रिका वितरक विष्णुप्रसाद खनाल, मेचिकाली दैनिकमा कार्यरत मेसिन अपरेटर नारायण सिंह जिसी, पत्रिका बितरक कृष्णप्रसाद खनाल, लुम्बिनी टेलिभिजनका क्यामेरा पर्सन नगेन्द्र कार्की र रेडियो मुक्तिमा कार्यरत प्राविधिक मनिषा बस्याल नेपालीलाई सम्मान गरेको छ ।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको वार्षिक कार्ययोजना बमोजिम जिल्ला शाखाले बिहीबार एकसाथ श्रमिक सम्मान कार्यक्रम गरेका हुन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस पारेर प्रत्येक जिल्ला शाखाले विभिन्न विधाका सञ्चार सम्बद्ध श्रमिकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रदेशका महासचिव हरि अधिकारीले जानकारी दिए । सोही अवसरमा सञ्चार श्रमिकको विद्यमान अवस्था ऐन, कानुन, न्यूनतम पारिश्रमिक लगायतका विषयसमेत छलफलसमेत गरिएको छ ।
प्रदेश अध्यक्ष शोभाखर पन्थीले राज्यले मिडियामैत्री लगानीको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । प्रेस चौतारी लुम्बिनी प्रदेश इन्चार्ज टीकाबहादुर बस्नेतले प्रदेशभर नै वार्षिक कार्य योजना अनुरूप गतिविधि अघि बढेको बताए ।








